एरोन महर्जनको‘सुस्तरी’ सार्वजनिक

साउन ९, काठमाडौं  -कीर्तिपुरका १४ वर्षीय उदयीमान गायक एरोन महर्जनको नयाँ गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको छ ।

विभिन्न अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियोलाई बागमती प्रदेशका पर्यटन, संस्कृति, सहकारी मन्त्री पुकार महर्जनले सार्वजनिक गरेका हुन् ।

किशोर उमेरका केटाकेटीको प्रेम अर्थात टिनएजर लभको कथावस्तुमा बनेको म्यूजिक भिडियो कन्सेप्ट गायक एरोनकै आमा राज्यलक्ष्मी महर्जनको रहेको छ ।

म्यूजिक भिडियोमा गायक एरोनको साथमा लूमिला जोशीले अभिनय गरेकी छन् ।

गीतमा शब्द र संगीत भुवन महर्जनको रहेको छ । म्यूजिक भिडियोको कोरियोग्राफी अन्नु महर्जनको रहेको छ भने छायांकन दिनेश महर्जनले गरेका छन् । दृश्य सम्पादन, रंग समिश्रण र निर्देशन योवन शाक्यले गरेका छन् ।