युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

साउन ८, काठमाडौ – युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताए ।

“क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान ९युएभी० लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,” सर्गेई अक्स्योनोभले टेलिग्राममा भने।

आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो ।

उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएनन ।

उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए ।

सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।