शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाल असुरक्षित रहेको अन्तर्राष्ट्रिय अभियानको आशंका

असार २८, काठमाडौं – नक्कलीभुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएका ेभुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले जनाएको छ ।

अभियानका संयोजक रामकार्कीले प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका रिजाललाई बयान फेर्न टोपबहादुर रायमाझी, इन्द्रजित राईसहितले दवावदिएको आरोप लगाएका छन् । त्यसले रिजालमा तनाव बढ्नुको साथै असुरक्षा उपत्न भएको दाबी गरिएको छ ।
रिजालले अदालती बयानमा नाम लिएका कुनै पनि बन्दीहरूबाट टाढा चिसो नभएको छुट्टै कोठामा राख्नकार्कीले नेपाल सरकारसग माग गरेका छन् । अपरिचित आगन्तुकलाई भेट्न अनुमति दिनुअघि रिजालसग परामर्श लिन सुझाउदै विज्ञप्तिमा भनिएको छ,‘रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदान गरियोस् ।’

कोठा न्यानो राख्न पर्याप्त सुत्ने सामग्री उपलब्ध गराउन माग गर्दै रिजालको नाजुक स्वास्थ्य र बुढेसकालका कारण प्राथमिकताका आधारमा आवधिक रूपमा उचित चिकित्साजाँचको व्यवस्था मिलाउन पनि भनिएको छ ।नक्कली भुटानी शरणर्थी प्रकरणमा रिजाल, एमाले सचिवतथापूर्व उपप्रधनमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीबालकृष्ण खाँणसहितकाहरू अहिले केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।