साफ च्याम्पियनसिप फुटबल- माल्दिभ्सको विजय सुरुवात

असार ८, एजेन्सी  – माल्दिभ्सले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बिहीबार भुटानलाई २ ० गोल अन्तरले हराउँदै माल्दिभ्सले विजयी सुरुआत गरेको हो

जितसँगै समूह बी मा रहेको माल्दिभ्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।
यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।