आज दक्षिण अफ्रीका जाँदै सन्दीप लामिछाने

जेठ २२, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रीका जाँदैछन् ।

अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रीका जाने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रीका जिम्बाब्वे यात्रा पक्का भएको हो । अब उनको पेशी असार २९ गतेलाई राखिएको छ ।