फिल्म ‘जारी’ले प्रदर्शनको ५१ औं दिन मनायो

काठमाडौं  – फिल्म  ‘जारी’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ । निर्माण टिमले फिल्मले ५१ औं दिन मनाएको जानकारी गराएका हुन् । काठमाडौं उपत्यकाका १८ र उपत्यका बाहिरका ११ वटा हलमा ५१ औं दिन मनाएको हो ।फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो ।

जारी प्रथामाथि आधारित रहेको फिल्ममा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।