प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

जेठ १८, काठमाडौं – चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच बिहान ११स् ०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।

दुई प्रधानमन्त्रीबीच आधा घन्टा बेग्लै छलफल गरेपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रबर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा छलफल हुनेछ बताइएको छ।