महिला टी-ट्वान्टी नेपाल र मलेसिया भिड्दै

 

नेपालले दास्रो महिला टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।

बांगीमा खेल नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टी(ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको मलेसियासँग पहिलो हार थियो ।

जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।