फिल्म ‘देववाणी’को गरियो मुहूर्त

जेठ ७, काठमाडौं  – फिल्म ‘देववाणी’को मुहूर्त गरिएको छ । निर्माण टिमले काठमाडौंस्थित भद्रकाली मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको मुहूर्त गरेका हुन् ।बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म नेपाली र हिन्दी भाषामा बन्ने छ । फिल्मलाई भारतका हलमा प्रदर्शन गर्ने समेत निर्माण टिमको योजना छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य रहेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा महेन्द्र यादव छन् ।

फिल्ममा रविन्द्र झा, कुन्दन भारद्वाज ,अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ ।