साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा

जेठ ३, काठमाडौ- भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो ।

आगामी जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, लेबनान, भुटान र बङ्गलादेश रहेका छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलङ्का सहभागी छैन ।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।