‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

जेठ २, काठमाडौं  -शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

च्यासल मैदानमा दिउँसो तीन बजे दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो तीन बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।

आज हुने अर्को खेलमा चर्च ब्वाइज र सातदोबाटो युथ क्लब बेलुका ६ बजे दशरथ रङ्गशालामा खेल्नेछन् । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।