दैलेखमा डढेलो निभाउने क्रममा घाइते एक जनाको मुत्यु, ७ जनाको उपचार चल्दै

बैशाख २८,दैलेख  – दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ ।

नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन् । अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् ।

नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन् । अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् ।

आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए । बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन् ।

गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो । गासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए । बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन् । गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो ।