ग्यालरी एक चित्र अनेक

काठमाडौं  – कलाकार अनिता भट्टराईलाई स्वतन्त्रता प्यारो लाग्छ । हरेक व्यक्ति खुलेर जिउन जान्नु पर्छ भन्ने मान्यता उनको छ । मनभरीका यिनै अभिव्यक्तिलाई कलात्मक ढंगले आकृति उर्तान उनी सिपालु छिन् । प्रिन्टमेकीङ माध्यम अपनाएर नारी स्वतन्त्रता भाव पस्कीएकी अनिताका चित्र यतिबेला मोक्षस्थित आर्ट ग्यालरीमा राखिएकोछ । उनी लगायत केहि पाका र युवा पुस्ताका कलाकारले सिर्जना गरेका चित्र ललितुरस्थित मोक्षको विन्ड हर्स ग्यालरीमा देख्न सकिन्छ ।

‘अन्डर द फुल मुन’ शिर्षकमा गरिएको प्रर्दशनीमा पाका चित्रकार विपीन, किरण मानन्धर, रागीनि उपाध्याय गौतम रत्न तुलाधर, गोविन्द लाल डंगोल, आइवि लामा, कृष्ण मानन्धर, राधेश्याम मुल्मी, शशी विक्रम शाह, श्याम लाल श्रेष्ठ, विजय थापा पाका पुस्ताका कला राखिएका छन् । त्यस्तै, हरि जंग बोम्जन, एससी सुमन, डा. सिमा शर्मा साह, सुस्मा राजभण्डारी, उमा शंकर शाह, उमेश श्रेष्ठ, अनिता भटट्राई, गौरव रत्नतुलाधर मध्यम पुस्ता । चित्रकार कौशल श्रेष्ठ, प्रविन कुमार श्रेष्ठ, राजेश महर्जन, रत्न शाक्य, शंकर श्रेष्ठ, सुर्य दुधराज र सुस्मीता कुंवर भर्खरै कला यात्रामा पाइला टेक्दै गरेका युवा हुन् ।

प्रिन्टमेकर अनिताले जसरी स्वतन्त्रताको प्रतिबिम्क चित्रमा केन्द्रति गरेकी छन्, उसै गरि समाजले महिलामाथि पोख्दै आएको सुक्षम विभेदको समेत कलामा चर्चा गरेकी छन् । उनको सिंगो चित्र आकृति भित्र लंगीक असमानताको तितो व्यंग्य गर्छ । अनिता भन्छिन्,‘म आफै पनि महिला हु । म भित्र समाजले दिएका थुप्रै सुक्षम बन्देज छन् । यिनै अनुभुति कलामा उतारेकी छु ।’ एउटा चित्रले कलाकारको भावना, रंगको रोमाञ्कतासंगै समाजको विक्रीति विशंगती बारे प्रश्न गर्न सिकाउछ । प्रर्दशनीमा राखिएका चित्रकलाले समाजका विभिन्न आयाम प्रर्दशन गरेका छन् । पाका चित्रकार एवं पुर्व कुलपति रागीनि उपाध्यायका चित्रमा प्रविधिको चपेटामा परेको समाजको चित्रण गर्छ ।

किरण मानन्धरको कला केहि भिन्न छ । उनले सांस्कृतिक झलक दिने केहि कोलाज पद्धति अपनाएका छन् । चित्रकार उमेशले बुद्धधार्मीक स्वाद कलामा पस्कीएका छन् । उनका छोरा कौशल श्रेष्ठको सिर्जना भने आधुकि र परम्परागत शैलीमा फ्युजन गरिएको देखिन्छ ।

गणेश थिम सिग्नेचर स्टाईल बनाएकी सुस्मा राजभण्डारीको चित्रमा मौलिकता छ । रंगको कोमल संयोजन गरेर सांस्कृतिक एवं धार्मीक मनोभाव चित्रमार्फत देखाउन खोजेको सुस्माले बताइन् । ‘गणेश आकृति मात्रै हो, यहा रंग संयोजनमा जोड दिएकी छु’, उनी भन्छिन् । मे २६ सम्म हुने प्रर्दशनीमा दर्शकले युवा देखि पाका पुस्ताका चित्र एक साथ नियाल्न पाउनेछन् ।