फिल्म हुक्का को ट्रेलर सार्वजनिक (भिडिओ)

बैशाख २१, काठमाडौं – शम्भु थापा निर्देशित फिल्म हुक्का एन एब्सर्ड ड्रिमु को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पारिवारिक विषयलाई उठान गरिएको छ।

फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, एलिशा विक, अशु न्यौपाने, निश्चल विमल, अर्जुन गोदाम, तलिशा गुरुङलगायतका कलाकारको अभिनय छ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको हो।  कृष्ण बहादुर थापाले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

यो फिल्म जेठ १२ गतेदेखि प्रदर्शन हुँदैछ।