ओली भेट्न बालकोट पुगे प्रचण्ड देउवा

बैशाख ४, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न प्रचण्ड र देउवा एउटै गाडी चढेर ओली निवास पुगेका हुन् ।

सभामुख देवराज घिमिरे, काँग्रेस नेता रमेश लेखकलगायतका नेता पनि बालकोट पुगेका छन् ।

तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयास स्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ ।