कैदीको पत्र को ट्रेलर सार्वजनिक (भिडियो)

 

चैत ३०, काठमाडौं –  फिल्म कैदीको पत्र को ट्रेलर रिलिज गरीएको छ । बैशाख १५ मा प्रदर्शन हुने फिल्मको ट्रेलर गत बुधबार रिलिज गरीएको हो । ट्रेलरमा एक युवक र उसको वरपर सम्बन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ ।

सनम कुमार बैरागद्वारा निर्देशित फिल्ममा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

फिल्मको पटकथा तथा संवाद निर्देशक बैरागकै हो ।