नवनिर्वाचित एसोसिएट उपाध्यक्ष श्रेष्ठ भन्छिन् म प्रतिको विश्वास टुट्न दिन्नँ

चैत ३०, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी बनेकी छन् ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी श्रेष्ठ एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले वरिष्ठ उपाध्यक्ष विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एसोसिएट उपाध्यक्ष श्रेष्ठले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन् । उनले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गरिन् ।

उनले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाइन् ।

एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन् । उनले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिवद्धता जनाइन् ।

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् भने जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।