संसदीय समितिका लागि दलहरूले आज बेलुकीसम्म नाम बुझाउने

चैत २८, काठमाडौं – प्रतिनिधि सभाको विषयगत समितिमा रहनेहरूको नाम दलहरूले एक(दुई दिनभित्रै बुझाउने तयारी गरेका छन्।

सोमबारको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकले विषयगत समितिलाई छिटो टुंगो लगाउने निर्णय गरेको थियो। राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले एक दुई दिनभित्रै विषयगत समिति टुंगो लगाउने सहमति गरेका हुन्।

सभामुख देवराज घिमिरेले संसदीय समितिका लागि दलहरूसँग सांसदको नाम मागेका थिए। नेकपा एमालेका सचेतक महेश बर्तौलाले विषयगत समिति बनाउने तयारी भइरहेको बताए। मंगलबार बेलुकीसम्म एमालेले समिति सदस्यका लागि नाम पठाउने तयारी गरेको उनको भनाइ छ। मंगलबार बेलुकीसम्म १० वटा विषयगत समितिमा दलहरूले आफ्नो दलबाट सदस्य पठाउने तयारी गरेका छन्।