माओवादी केन्द्रले संक्रमणकालीन न्याय विषयक अन्तरक्रिया गर्दै

चैत २७, काठमाडौै – नेकपा माओवादी केन्द्रले आज शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

अन्तरक्रिया कार्यक्रम आज मध्यान्ह १२ बजे शुरु हुनेछ ।

सत्तारुढ दलहरुले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई फास्ट ट्रयाकबाट टुंग्याउने भनेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालले भने संसदीय समितिमा पठाएर मात्रै यसलाई टुंग्याउन सकिने अडान लिएको
छ ।