चैत २१, काठमाडौं – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन असफल भएको बताएका छन्।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए।
उनले भने,देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन्। एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ।
