एमाले कुनै गठबन्धन भत्काउने खेलमा छैन – उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन्

पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सो धारणा राखे ।

उनले भने “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।” तर उनले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने पनि बताउनुभयो । उहाँको भनाइ थियो तर अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छ ।

धनगढीमा प्रेस चौतारीले गरेको अन्तक्र्रियामा उहाँले आफ्नो पार्टीे सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए। एमालले अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको र हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने उहाँले जानकारी दिए।

अर्को प्रसङ्गमा उहाँले नेकपा एमालेको नेतृत्वबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि प्राप्त हुने बताए। पार्टीलाई ग्रामीण तहसम्म नै स्थापित गर्नका लागि एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी उनले दिए ।

देश डरलाग्दो गरी अस्थिरतामा फसेको उहाँको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले मुलुक अर्थतन्त्र समाल्न नसक्ने अवस्थामा पुगेको विश्लेषण भएको उनको भनाइ थियो ।

“देशमा विप्रेषणको परिसूचकबाहेक सबै सूचक नकारात्मक देखिएका र अहिलको आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको उनले बताउनुभयो ।उनले अन्तर्राष्ट्रिय सहयोगदाताले गरेका प्रतिबद्धता पनि प्राप्त हुन नसकेको र यस्तो अवस्थामा पनि सरकार गम्भीर हुन नसकेको धारणा राखे ।

उपाध्यक्ष पौडेलले सो पार्टीका नेता भीम रावलले पार्टीको अनुशासन पालना नगरेउनिमाथी अनुशासनको कारबाही हुने पनि बताउनुभयो । नेता भीम रावलले पार्टी सदस्यले निर्वाह गर्नुपर्ने कुनै पनि काम गर्न नसकेको उहाँको जिकिर रहेको छ । उपाध्यक्ष पौडेलले भने “भीम रावलले एकपछि अर्को गल्ती गर्दै हुनुहन्छ । उनले आत्मालोचना गर्नुपर्दछ, पार्टीको अनुशासन सबै सदस्यलाई लाग्छ, उनलाई पनि कारबाही हुनसक्छ ।”

“पार्टीको १०औँ राष्ट्रिय सम्मेलनमा पराजित भइसकेपछि उहाँलाई पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को सल्लाहकारमा नियुक्त गरियो तर त्यो भूमिका उनले निर्वाह गर्नुभएको छैन । यस्तै गल्ती दोहो¥याउँदै गएमा पार्टी चुपचाप सहेर बस्दैन ।” पार्टीको नीति र विधान मान्नु सबै सदस्यको कर्तव्य भएकाले यदि त्यसो गर्न नसकेमा सबैलाई कारबाही हुने उनको भनाइ थियो ।