ओखर खादा छालालाई फाइदा

ओखर स्वास्थ्यको लागि धेरै तरिकाले लाभदायक छ । जर्नल अफ फूड साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार ओखर ओमेगा–३ र ओमेगा–६ असंतृप्त फ्याटी एसिडको उत्कृष्ट स्रोतहरू मध्ये एक हो । जब दुबै फ्याटी एसिडहरू सही मात्रामा खपत गरिन्छ, यसले छालाको फुलाई र अन्य समस्याहरूलाई रोक्न धेरै मद्दत गर्दछ ।

१. रगत सफा गर्छः ओखर एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न र शरीरमा रहेको फ्री रेडिकललाई असर नगर्ने पार्न मद्दत गर्छ । ओखरको सेवनले रगत शुद्ध गर्न मद्दत गर्छ । यसले पिम्पल र छालासँग सम्बन्धित धेरै समस्याहरूलाई रोक्न मद्दत गर्छ ।

२. छालालाई मोइस्चराइज गर्दछः ओखरमा भिटामिन बी ५ र ई जस्ता मोइस्चराइजिंग गुणहरू प्रशस्त हुन्छन् । यी पोषक तत्वहरूले छालालाई हाइड्रेटेड राख्न र यसलाई भित्रबाट पोषण दिन काम गर्दछ ।

३. डार्क सर्कल कम गर्छ धेरैलाई ल्यापटप वा फोनमा लामो समयसम्म काम गर्दा कालो घेरा हुन्छ । डिहाइड्रेसन र निद्रा नपुग्दा पनि यो समस्या हुने गर्छ ।

५. चम्किलो छाला ओखरमा पाइने भिटामिनले छालामा हुने कालो धब्बाहरूलाई पनि कम गर्न र यसलाई चम्किलो प्रभाव दिन सक्छ ।