टेक पौरखी राईको निर्देशनमा ‘जय हो’चलचित्र बन्ने

चैत ३, काठमाडौं  – टेक पौरखी राईको निर्देशनमा ‘जय हो’ फिल्म बन्ने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, रोहित रुम्बालगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

सलोन–सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शोभित बस्नेत र निर्माण संयोजक सुवास दुखी छन् । फिल्ममा सम्राट बस्नेतले , कविराज गहतराज र रामजी लमिछानेले कोरियोग्राफी तथा बनिश शाहले सम्पादनको काम गर्ने जनाइएको छ ।