युएईलाई पराजित गर्दैं नेपाल विश्वकप छनोटमा

 

चैत २, काठमाडौं – नेपाल सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत आजको अन्तिम खेलमा युएईमाथि डीएल मेथडका आधारमा ९ रनको जित निकाल्दै नेपाल सोझै विश्व कप छनोटमा पुगेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा वर्षाका कारण रोकिएपछि डिएल मेथडमा नेपालले वाजी मारेको हो । योसँगै सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग २ को शीर्ष तीनभित्र पर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने भएको छ ।