पाँच दिने निफ आजदेखि सुरु

चैत २, काठमाडौं – आज बिहिबारदेखि काठमाडौंमा पाँच दिने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव निफ को छैठौं संस्करण प्रारम्भ हुँदैछ ।

बिहिबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् ।

सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चार वटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १ सय ५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रदर्शनीमा दिनभर सहभागि हुन चाहनेले पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।

महोत्सवमा चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।

यसैबीच, महोत्सवका बारेमा जानकारी दिन बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार निर शाहले पत्रकारिता जगतको सहयोगले विकासको गति अघि बढेको बताएको छन् ।