सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १ जना घाईते

फागुन  ३०, बिराटनगर – धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित मुढे-लेगुवा सडक खण्डमा २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका-९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।

त्यसै गरी राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका-८ कोशी राजमार्ग स्थितमा ध १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदल यात्री सर्लाही मलङग्वा-७ घई भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महरालाई ठक्कर दिदा घाईते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने ईटहरी उप-महानगरपालिका-२० कोशी लोकमार्ग स्थितमा ना ६ ख १७२४ नम्बरको ट्रकले बा ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक खोटाङ केपिलासगढि गाउँपालिका-७ का २९ बर्षीय निशान राई र मोटरसाईकल पछाडि सवार धरान-१५ कि २४ बर्षीया जेनिशा राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा जेनिसा राईको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालबाट थप अनुसन्धान भईरहेको छ ।