खेलको माध्यमबाट युवालाई राम्रो ‘प्लेटफर्म’ दिन सकिन्छ  – संगीना वैद्य

राष्टिय टोलीको तेक्वान्दो वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक हुन्  संगीना वैद्य । खेलकुदको उनको यात्रा विद्यालय स्तरबाट नै सुरुवात भएको हो । ओलम्पिक खेल्ने प्रथम नेपाली खेलाडी समेत हुन् उनी । उनको खेल जीवनबारेमा गरिएको कुराकानी –

खेलकुदप्रति कसरी आकर्षण बढ्यो ? खेल्नका लागि शिक्षाको जरुरी छ ?
मेरो स्कुले जीवन त्रिशूलीमै बित्यो । स्कुले जीवनमा दिदीहरूले खेलेको र खेलकुदमा पाएको पुरस्कार देखेर म पनि यसतर्फ आकर्षित भएँ । त्यही समयमा ब्रुस्लीको फिल्म हेरें । चलचित्रमा ब्रुस्लीको ‘एक्सन’, ‘मार्शल आर्ट’ देखेपछि यो मेरो लागि उपयुक्त हो भन्ने लाग्यो । दौड प्रतियोगिता, फुटबल खेलेरै स्कुले जीवनमै पनि धेरै मेडल हात पारेकी थिएँ । ‘मार्शल आर्ट’ त्यहाँ थिएन त्यसैले एसएलसी दिएपछि क्याम्पस पढ्ने बहानामा काठमाडौं आएकी हुँ । पब्लिक युथमा पढ्थें तर मेरो रुचि भने ‘मार्शल आर्ट’ मा थियो । खेल्न थालेको केही महिनामै सफलता हात परेकाले त्यसलाई कायम राख्न मैले पढाइलाई निरन्तरता दिन सकिन । खेलका लागि यति नै शिक्षा आवश्यक भन्ने छैन । तर, आगामी पुस्तालाई भने ‘स्पोर्टस’ र पढाइ सँगसँगै लैजान सल्लाह दिन्छु । अहिलेका खेलाडी शिक्षित हुनुका साथै खेलमा पनि राम्रा छन् ।

महिलाका लागि खेल्नु कत्तिको सहज थियो ?

पारिवारको समर्थन भए पनि पढाइ बिग्रदा खेलले गर्दा बिग्रियो भन्ने अभिभावकमा चिन्ता थियो । एसियन खेलमा मेडल हात पारेपछि भने गुनासो आएन । खेलकुदलाई ‘करिअर’ बनाउन गाह्रो थियो तर पनि निरन्तर लागि परेर अघि बढें । ०४६ सालबाट खेलमा सक्रिय रूपमा लागेकी हुँ । १६ वर्षअघि क्रियाशील खेलबाट अवकाश लिएपछि राष्ट्रिय टिमको प्रशिक्षक ९कोच० भएर खेलाडी तयार गर्न सक्रिय छु ।

तपाईंले हात पारेका मेडलका बारेमा बताइदिनुहोस् न ।

सन् १९९९ र २००४ मा पाकिस्तानमा सम्पन्न दक्षिण एसियाली खेलकुद ९साफ० मा स्वर्ण पदक, सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक हात पारें । यसैगरी मैले खेलेका १० वटा राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितें । विभिन्न २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १० स्वर्ण, एक रजत र चार कांस्य पदक जितिसकेकी छु ।

खेलाडी र कोच हुँदाको भिन्नता बताइदिनुहोस् न । अहिलेको जिम्मेवारीबारे तपाईंको धारणा के छ ?

खेलाडी हुँदा आफूलाई मात्र ‘फोकस’ गरे पुग्थ्यो । के गर्ने, कसरी खेल्ने, मेरो कुन ‘लेग’ कमजोर भन्ने सोच्नुपर्थ्यो । कोच भएपछि सबै खेलाडीका कमी–कमजोरी, खानपानलगायतका सबै विषयमा केन्द्रित हुनुपर्छ । सक्रिय रूपमा खेलिरहँदा म एउटालाई मात्र केन्द्रित गरे पुग्थ्यो । मेरो कमजोरी हुन्छ, समयमै सुत्नुपर्छ, सन्तुलित खाना खानुपर्छ । तौल बढिरहेको छ भने कसरी मेन्टेन गर्ने रु प्रशिक्षकका रूपमा टिमका सबै ९१६ जना० लाई हेर्नुपर्छ । प्रशिक्षक हुनु ‘च्यालेन्जिङ’ छ तर पनि काम गर्दा मज्जा आउँछ । हाल म राखेपकी वरिष्ठ प्रशिक्षक पनि हुँ । तालिम तथा प्रशिक्षणको उप–निर्देशकको जिम्मेवारी पनि छ । तेक्वान्दोको प्रशिक्षकका हिसाबले तेक्वान्दोको र सबै टिमको भएकाले खेलकुद परिषद्मा भएको सबै खेलको तालिम तथा प्रशिक्षण सबै हेर्नुपरेको छ ।

खेलले देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएको छ तरपनि खेललाई पहिलो प्राथमिकता नदिएको किन होला ?

सबैले खेलाडी मेस्सी, रोनाल्डो मन पराउँछन् । तर आफ्नो देशका खेलाडी प्राथमिकतामा परेका छैनन् । खेलकुद मन्त्रालय कसैको रोजाइमा परेको छैन । खेलको माध्यमबाट युवालाई संचालन गर्न र राम्रो ‘प्लेटफर्म’ दिन सकिन्छ । दुःखको कुरा यो राज्यको रोजाइमा परेको छैन । विदेशमा ‘स्पोर्ट्स’ पहिलो प्राथमिकतामा पर्छ ।

साभार नारी पत्रिका

 

Leave a Reply

Your email address will not be published.