ए डिभिजन लिगः आज दुई खेल हुँदै

फागुन २९, काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछन् ।

आज एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा हिमालयन शेर्पा क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । हिमालयन र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

त्यस्तै रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।