‘चट्ट मायालु’ मा सकिसँग आकाश र पुष्पको अभिनय

काठमाडौं  – गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ ।
रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकि इटानीको अभिनय छ ।

भिडियोमा सकिसँग आकाश र पुष्पपछि लागेको समेत देखाइएको छ । थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल सकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ । मिष्टर वसिन नेपाल समेत रहेका अभिनेता जीवन र सकिको जोडी परफेट देखिन्छ ।

भिडियोका निर्देशक शिव विक हुन् । रोशन भुसालको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।