चलचित्र “बिहे पास“ को गीत सार्वजनिक

फागुन २८, काठमाडौं –  चलचित्र “बिहे पास“ को पहिलो गीत रिलिज गरीएको छ । ‘खाली छैन मेरो मुटु’ बोलको गीत रिलिज गरीएको हो
। गीतमा अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालको शब्द रचना छ ।

चलचित्रका मुख्य पात्र दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रस्तुत गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ । चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण रहने चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखेका हुन्  सामाजिक विषयमा हाँस्यरस मिसाएर निर्माण भएको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिएको हो।