मेरो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ – पौडेल

फागुन २५, काठमाडौ – राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल ९ नेपाली कांग्रेस०ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन ।

“सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।”पौडेलले भने ।