पीएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनल प्रवेश

फागुन २५, एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० लाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । बायर्नले समग्रमा ३–० को नतिजा निकालेको हो । पहिलो लेगमा बायर्नले १–० गोलको जित निकाल्यो ।

बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । खेलको ६१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।