नाइँ नभन्नु ल ६’ को फर्स्ट लूक्स सार्वजनिक

फागुन १७, काठमाडौं  – नयाँ वर्षको छेकोलाई प्रदर्शन मितिको रूपमा घोषणा गर्दै नाइँ नभन्नु ल ६’ले फर्स्ट लूक्स सार्वजनिक गरीएको छ ।

विकासराज आचार्य निर्देशित फिल्म नाइँ नभन्नु ल ६’को मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिइएको हो ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता हुन्, भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान रहेका छन् ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीको पटकथा लेखन सहकार्य रहेको फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की र केकी अधिकारी छन् ।