यस्तो छ सुरक्षा पन्त अभिनीत फिल्म बहावु को ट्रेलर (भिडिओ)

फागुन १६, काठमाडौै – अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म बहावु को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा विद्रोही पात्रको रूपमा देखिएकी छन्।

प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ।

श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेको फिल्मलाई सुजन बडालले सम्पादन गरेका छन्।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ।