राष्ट्रपतिबारे हामीसँग धेरै अपशनहरु छन्, भोलीसम्म टुंगोमा पुग्छौँ – माधव नेपाल

 

फागुन ११, काठमाडौं –  नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवारबारे भोलीसम्म टुंगोमा पुगिने बताएका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भईरहेको र भोलीसम्ममा टुंगोमा पुगिने बताएका हुन्  उनले आफूहरु देशको हित हुने विकल्पमा जाने पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘कुराकानी चलिराखेको छ । राष्ट्रपतिबारे आजभोलीमा टुंगो लाग्छ । कसरी देशको राजनीतिलाई अगाडि बढाएर लैजाने भन्ने विषयमा छलफल भएका छन् । हामीसँग अनेक अपशनहरु छन् । ती अपशनहरुमध्ये वेष्ट अपशन के हुन्छ रु जुन अपशनले देशको राजनीतिलाई ठिक दिशामा लैजान सक्छ, देशको संविधानलाई जोगाउन, राष्ट्रिय हितलाई बचाउन भूमिका खेल्छ । त्यही अपशनमा जानुपर्छ ।’

अध्यक्ष नेपाललाई एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीतिक भेटवार्तालाई सो पार्टीले पनि तीव्रता दिएको छ । यता, प्रधानमन्त्री भने काँग्रेसलाई राष्ट्रपति बनाउन इच्छुक देखिएका छन् । राष्ट्रिय सहमतिका लागि पनि काँग्रेसलाई समेटनुपर्ने भन्दै उनले काँग्रेस नेताहरुलाई राष्ट्रपति दिने बचन दिएको बताइएको छ । यता, एमाले अध्यक्ष ओलीसँगको छलफललाई पनि प्रधानमन्त्रीले निरन्तरता दिएका छन् ।