ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

फागुन ११, काठमाडौं  – प्रहरीले ठेकेदार मनोजकुमार भेटवाललाई पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भेटवाललाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ ।

भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो।

उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो।

भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए।

भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो।