इन्टर र एसी मिलान विजयी

फागुन ७, काठमाडौं – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले उडीनेजेलाई ३ १ गोल अन्तरले हराएको हो । इन्टरलाई जित दिलाउन रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काए ।

जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेको छ । इन्टर दोस्रो स्थानमा रहेको छ । उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्को खेलमा एसी मिलानले मोन्जालाई १ ० ले हराएको छ ।मिलानको जितमा जुनियर मेस्सीयासले निर्णायक गोल गरे ।

मिलान ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मोन्जा २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।