चलचित्र ‘जारी’ को टिजर सार्वजनिक

फागुन ४, काठमाडौं  – अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ’जारी’ को टिजर सार्वजनिक भएको छ।

फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।
बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ।