वेब सिरिज ‘प्रित को रीत ’को फस्ट लुक सार्वजनिक

फागुन ३, काठमाडौं –  ‘डिनेस्ट इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गरिएको वेब सिरिज ‘प्रीत को रीत’को फस्ट लुक सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर निर्माण टिमले एक कार्यक्रमका बीच सिरिजको फस्ट लुक सार्वजनिक गरेको हो ।

सिरिजमा युवापुस्ताहरुको कथालाई समेटिएको निर्देशक शंकर कोइरालाले बताए । उनले भने ‘युवापुस्ताहरुको कथालाई समेटेका छौं, सिरिज चाडै नै प्रर्दशनमा आउनेछ ।’

सिरिजको प्रोडुसर दिलिप के.सी र हरि श्रेष्ठ  रहेका छन् भने  फिचरिङ कबिता न्यौपानेको रहेको छ । सिरिजमा अमर प्रताप श्रेष्ठ, रबिन सुवेदी, बिन्दा खतिवडा, सुजाता पाण्डे लगातयतको अभिनय रहने छ ।