यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

फागुन १ ,काठमाडौं –विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ ।विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ ।

बन्दीपुर–६ स्थित साराङघाटमा ३३÷११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिङ्गा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत् पहुँच पु¥याउन बाँकी छ ।

“ती वडामा विद्युत् विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ”, उहाँले भन्नुभयो । त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “एक÷दुई घरमा विद्युत् पु¥याउन धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन् ।”

जिल्लामा कूल ४३ हजार विद्युत्का ग्राहक छन् । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ ।

विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको छ भने ९० लाख ९० हजार दुई सय ७७ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ ।