भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

फागुन १, काठमाडौं  -भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउँदैछन् । सचिवस्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

आजैदेखि हुने परराष्ट्र सचिवस्तरीय वार्तामा भाग लिन उनी नेपाल आउन लागेका हुन् ।

दुई मुलुकबीचको प्रशासन संयन्त्रमा हुन लागेको यो उच्चस्तरीय वार्तामा मुलुकको सीमा समस्या, ऊर्जा व्यापार, हवाईलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।