चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

माघ २९, काठमाडौं  – निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन(२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं। २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो ।

आयोगले त्यसका लागि फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्नेछ भने चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका तोकिएको छ ।