आँचल शर्मा अभिनीत हिन्दी म्युजिक भिडियो रिलिज (भिडियो)

माघ २७, काठमाडौं –  नायिका आँचल शर्मा अभिनीत हिन्दी म्युजिक भिडियो रिलिज भएको छ । विनीत सिंह र प्रतीक्षा श्रीवास्तवको आवाज रहेको गीतको रचना पुनीत गुरुरानिको रहेको छ ।

भने अभिनीत मेहराको सङ्गीत गीतमा रहेको छ भिडियोलाई नितिन् चन्दले निर्देशन गरेका हुन् ।

आँचल सँगै भिडियोमा आरआर खड्का पनि देखिएका छन् । भिडियोलाई नवराज उप्रेती,जोगेस गोराइ र चक्रबहादुर बरालले खिचेका छन् ।