उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

माघ २६, काठमाडौं  – साफ यू २० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ ४५ बजे सुरु हुनेछ ।

लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३ १ ले हराएको थियो ।