यी हुन् खाली पेटमा खानै नहुने फलफूल

माघ २५, काठमाडौं – फलफूल र तरकारी स्वास्थ्यका लागि राम्रो मानिन्छ तर केही फलफूल र तरकारी यस्ता छन् जुन खाली पेटमा खानु हुँदैन । त्यसै गरी अरू पनि धेरै कुराहरू छन्, जसलाई खाली पेट खाँदा हानि हुन्छ ।
केरा
केरा केरा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।तर केरामा म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । केरा खाली पेटमा खाँदा शरीरमा म्याग्नेसियमको मात्रा अचानक बढ्छ । यसका कारण क्याल्सियम र म्याग्नेसियमका कारण ग्यास्ट्रिक एसिडको समस्या हुन थाल्छ । जसका कारण छातीमा जलन पनि हुन थाल्छ । त्यसैले यदि तपाई खाली पेटमा केरा खान चाहनुहुन्छ भने दूधसँग खानुहोस् ।

अम्बा
अम्बामा रहेको दाना र यसमा पाइने तत्त्वका कारण पत्थरी पनि हुनसक्छ ।

कागती सोडा
लेमन सोडा सफ्ट ड्रिंक्समा लेमन सोडा सबैभन्दा राम्रो मानिन्छ । यसमा चिनी हुँदैन र पानी, कागती र बरफमा सोडा मिसाएर स्फूर्तिदायी पेय तयार गरिन्छ । यसले ऊर्जा दिन्छ, तर कागती सोडा पिउनेहरूले ध्यान दिनुपर्छ कि यसमा धेरै कार्बोनिक एसिड हुन्छ । खाली पेटमा कागती सोडा पिउनुभयो भने यसले ऊर्जाको सट्टा समस्या दिन्छ ।

सुन्तला
सुन्तला सुन्तलालाई पनि बिहानै खाली पेटमा सेवन गरियो भने यसले शरीरमा ग्यास्ट्रिकको मात्रालाई बढाउन सहयोग गर्दछ । त्यसैले खाली पेटमा सुन्तलाको सेवनले स्वास्थ्यको लागि नराम्रो असर पार्ने हुन सक्छ ।