ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

माघ २५, काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान बालकोट पुगेका हन्। बुधबार बिहान ओली निवासमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने बताइरहेका छन् भने सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ।