टर्की र सिरियामा भूकम्प ज्यान गुमाउने ३ हजार ८ सय बढी

माघ २४, काठमाडौं  – टर्की र सिरियाको भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको भूकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भूकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ ।

टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।