टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 

माघ २३, एजेन्सी – टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।

सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजियनटेप सहर नजिक १७।९ किलोमिटर टाढा ७।८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको युएसजीएसले जनाएको छ । भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण धेरै भवनहरु ध्वस्त हुनुका साथै मानिसहरु फसेको र उद्दार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।