सरकारलाई सिके राउतको प्रश्न- किसानले अहिलेसम्म किन पाउन सकेका छैनन्?

माघ २२, काठमाडौं-  जनमत पार्टीका अध्यक्ष सिके राउतले किसानहरु मदखादको अभावमा रहेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै अध्यक्ष राउतले उक्त कुरा बताएका हुन्।

अध्यक्ष राउतले किसानका उक्त मागलाई तत्काल समाधान गर्न पनि सरकारसँग अनुरोध गरेका छन्। उनले लाखौं मेट्रिक टन मल आएकझ भनेर जानकारी दिइए पनि किसानले पाउन नसकेको बताए ।

उनले प्रहरी प्रशासन या सरकारले कालोबजारीलाई नियन्त्रण गर्न र वितरण प्रणालीलाई सुधार गर्न चालिएका कदमबारे जानकारी गराइदिन पनि सकारसँग माग गरेका छन्।

‘मलखादको विषयमा जनताले झक–झक्याउँछन्। यहाँ लाखौं मेट्रिक टन मल आएको भनेर जानकारी दिइयो पनि। तर, किसानले त्यहाँ पाइरहेका छैनन्। प्रहरी प्रशासन वा नेपाल सरकारले समग्रमा कालोबजारीलाई नियन्त्रण गर्न र वितरण प्रणालीलाई सुधार गर्न कस्ता कदमहरु चालिरहेको छ। त्यसका बारेमा जानकारी गराइदिनहुन सरकारसँग माग गर्दछु’, अध्यक्ष राउतले भनेका छन्।