नेपालले आज भुटानको सामना गर्दै

माघ २२, काठमाडौं – बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्नेछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३ १५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी पहिलो खेलमा नेपाल पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ  अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।